पौडेल समूहमा मिलेन कुरो

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहमा मिल्ने सम्भावना कम हुँदै गएको छ । बुधबार दिउँसो देखि प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको यो समूहको बैठकमा सभापतिका आकांक्षी नेताहरुले अडान नछाडेपछि मिल्ने सम्भावना क्षीण हुँदै गएको हो ।

बैठकमा सहभागी एकजना नेता डा. रामशरण महतले सभापतिका दुई दाबेदार प्रकाशमान सिंह र शेखर कोइरालाबीच मिल्ने सम्भावना नरहेको बताएका हुन् । उनका अनुसार सभापतिका एक दाबेदार शशांक कोइराला पछि हटे पनि पौडेल, कोइराला र सिंह आफू आफू लड्ने मनस्थितिमा यथावत छन् ।

‘आजसम्मको अवस्था हेर्दा मिल्ने अवस्था देखिएन’, उनले भने, ‘प्रकाशमान सिंह र शेखर कोइराला दुवै एकअर्कालाई स्वीकार्ने बिन्दुमा पुगेनन् । यदि मिल्ने अवस्था नभएमा वरिष्ठ नेता पौडेलले राजनीतिबाट नै विश्राम लिने भन्नुभएको छ ।’

प्रतिक्रिया