एभरेस्ट बैंक र आईएसओएनबीच सहकार्य

काठमाडौं । एभरेस्ट बैंक लिमिटेडका ग्राहकलाई विशेष छुट दिने विषयमा आईएसओएन हेल्थ केयरसँग सम्झौता भएको छ । सम्झौताअनुसार बैंकको खाता भएका ग्राहक र कार्ड होल्डरले आईएसओएन हेल्थ केयरमार्फत भारत, थाइल्यान्ड, सिंगापुर, मलेसिया, दुबई, टर्कीसहित अन्य देशमा लिने स्वास्थ्य सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतामा एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आईएसओएनका अध्यक्ष विवेक गुप्ताबीच हस्ताक्षर भएको छ । कार्यक्रममा आईएसओएनका अध्यक्ष गुप्ताले सम्झौताबाट बैंकका ग्राहकहरू आईएसओएनका माध्यमबाट विभिन्न देशमा लिने स्वास्थ्य सेवामा विशेष छुट लिएर लाभान्वित हुन सक्ने बताएका छन् । उनले आईएसओएनको विश्वका १ हजारभन्दा बढी अस्पताल र २५ सयभन्दा बढी डाक्टरसँग सहकार्य रहेको बताएका थिए ।

स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहक रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १ सय ५ शाखा सञ्जाल, प्रादेशिक कार्यालय, १ सय ३८ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया