परिवारले नमान्दा विवाह नगरेकी सांसद मञ्जु यादवले गरिन् विवाह

काठमाडौं । प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य मञ्जु यादवले २० वर्षे अन्तरजातीय प्रेमलाई विवाहमा रुपान्तरण गरेकी छन् । शुक्रबार सांसद यादवले महोत्तरी भंगहा नगरपालिका– ९, अजगेवाका सूर्यनारायण ठाकुर (बरही) सँग विवाह गरेकी हुन् । सांसद यादव र ठाकुर दुवै एकै नगरपालिकाका बासिन्दा हुन् । २०५८ सालमा जनकपुरधामको राराब क्याम्पसमा अध्ययनकै क्रममा दुईबीचमा प्रेम भएको थियो ।

दुईबीचमा प्रेम रहे पनि परिवारले अस्वीकृत गर्दा विवाह हुन सकेको थिएन । तर, प्रदेश सांसद यादवले २० वर्षपछि प्रेमलाई मुर्तरुप दिँदै शुक्रबार विवाह गरेकी छन् । प्रदेश सांसद यादव नेकपा एकीकृत समाजवादीकी हुन् ।

प्रतिक्रिया