आज थपिए २४६ जना कोरोना संक्रमित, मृत्युदर शून्य

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आज थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा सात हजार ८३६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

यससँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षणपछि भएका संक्रमितको सङ्ख्या आठ लाख २२ हजार १७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ५६९ पुगेको छ । पछिल्लो समय थप ३४७ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख तीन हजार ७१६ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी गराइएको छ । यस रोगबाट हालसम्ममा मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९२१ रहेको छ ।

हाल होम आइसोलेशनमा छ हजार ५७९, संस्थागत आइसोलेशनमा ३४२, आइसीयुमा १०७ र भेन्टिलेटरमा ३४ जनाको उपचार हुँदैछ । त्यसैगरी पछिल्लो २४ घण्टामा एक लाख ७५ हजार ५६७ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी गराएको छ ।

प्रतिक्रिया