अभिनेता भट्टराईले पाए युएइमा ‘विशेष अभिनेता’ को सम्मान

काठमाडौं । अभिनेता श्रीदेव भट्टराईले युएइको दुबईमा ‘विशेष अभिनेताको सम्मान’ पाएका छन् । अभिनेता भट्टराईले केही दिनअघि दुबईस्थित एक होटलमा आयोजना गरिएको ‘ग्लोबल ईन्टरनेशनल अवार्ड’ को दोस्रो संस्करणको विशेष कार्यक्रममा युएईको रोयल परिवारका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा कार्यक्रमका विशेष अतिथिहरुले अभिनेता भट्टराईलाई सो सम्मान गरेका हुन् ।

वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ भन्दा बढीराष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबल युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड कार्यक्रम आयोजना गरिएको अभिनेता भट्टराईले जानकारी दिए ।

सो अवसरमा ईभेन्ट डाईरेक्टर सोनीतराज ढुंगेल, दुबईमा रहेर मनोरञ्जन क्षेत्रमा सक्रिय मोडल आशिष पुरुष, ईनास युएईका अध्यक्ष एमडि बोहोरालाई पनि सम्मान गरिएको उनले बताए ।

कलाकारिताको क्षेत्रमा झण्डै दुई दशकको लामो अनुभव तथा चलचित्र छेत्र, देश र समाजमा पुर्याएको योगदानको कदरस्वरुप भट्टराईलाई उक्त सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।

नेपालबाट उक्त सम्मानको लागि छनोटमा परेर विदेशमा सम्मान गरिएको आयोजकको भनाइ छ । त्यसभन्दा अगाडि थाईलेण्डको राजधानी बैंकक, इजिप्ट, कतार र दुबईमा पनि उनले अवार्ड तथा सम्मान प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया