राप्रपाकाे महामन्त्री पदमा उठ्दै रेखा थापा

काठमाडौं । राप्रपा नेतासमेत रहेकी नायिका रेखा थापा पार्टीको महामन्त्री पदमा उठ्ने तयारी गरेकी छन् ।आजदेखि काठमाडौंमा राप्रपाको महाधिवेशन सुरू भएको छ । उम्मदेवारी दर्तालगायत कार्यक्रम बिहीबार हुनेछ । राप्रपामा अध्यक्ष कमल थापा र पूर्वमहामन्त्रीसमेत रहेका सांसद राजेन्द्र लिङ्देन अध्यक्ष पदमा उठ्ने तयारीमा छन् ।

रेखा लिङ्देन पक्षबाट महामन्त्री पदमा उठ्ने तयारीमा छिन् । महामन्त्रीमा रेखासहित लिङ्देन पक्षबाटै नेता गोविन्द खनिया र नेपालगञ्ज उपमहानगरका मेयरसमेत रहेका नेता धवलशम्शेर राणा पनि आकांक्षी छन् ।

राप्रपामा अध्यक्ष थापा र लिङ्देन पक्षबाट अध्यक्ष, उपाध्यक्ष र महामन्त्री पदमा प्यानलसहित नै उम्मेदवारी दर्ता हुने सम्भावना छ । आज उद्घाटन सत्र सकिएपछि बन्द सत्र हुनेछ । बिहीबार उम्मेदवारको मनोनयन दर्ता र निर्वाचन हुनेछ ।

प्रतिक्रिया