गमगढीका आगलागी पीडितलाई नगद र न्यानो कपडा सहयोग

मुगु । गमगढीका आगलागी पीडित परिवारलाई नगद र न्यानो ओडने कपडाहरु सहयोग गरिएको छ । आगलागी पिडित परिवारहरुलाई छाँयानाथ रारा नगरपालिकाले आर्थिक र लायन्स क्लव अफ रारा मुगुको आग्रहमा लायन्स क्लव अफ नेपालले न्यानो ओढ्ने लुगा सहयोग गरेकाे हाे । शनिबार नगरपालिकाले छायाँनाथ रारा नगरपालिका वडा नं १ तल्लो बजारका आगलागी पिडित १९ घरधनीलाई प्रतिघरधुरी ४० हजार,व्यवसाय गरेर ति घरहरुमा बसेका २५ जना व्यवसायीलाई प्रति व्यवसायी २० हजार र घरहरुमा कोठा भाडामा लिएर बस्दै आएका ३२ प्रति परिवारलाई १० हजारका दरले आर्थिक सहयोग गरिएको छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले बताए । यस्तै गत बर्ष भारतको उत्तराखण्ड प्रदेश चमौली जिल्ला तपोवन भन्ने ठाँउमा हिउ पहिरोमा परि मृत्यु भएका छायाँनाथ रारा नगरपालिकाका ५ जना स्थानियहरुको परिवारलाई पनि नगरपालिकाले प्रति परिवार २० हजारका दरले आर्थिक सहयोग गरिएको छ ।

विभिन्न निकायबाट लत्ताकपडा, भाडाकुडा र खाद्यन्न सहयोग भएपनि आगलागी पिडित परिवारसंग नगद रुपयाँ नहुदा उहाँहरुको दैनिक दिनचर्याका साथै, विभिन्न वित्तिय संघ सस्थाहरुको आर्थिक कारोवार गर्न समस्या देखिएकाले स्थानिय अभिभावक नजिकको सरकारका नाताले नगदै सहयोग गरेको नगरप्रमुख हरिजंग शाहीले बताए ।

मंगलबार आगलागी पिडितलाई हिमाली जिल्ला मुगुको चिसोलाई मध्य नगर गदै ७९ परिवारलाई लायन्स क्लव अफ रारा मुगुले कम्वल र सिरक वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको हातबाट पिडित परिवारहरुलाई न्यानो ओढ्ने कपडा वितरण गरिएको मोहनकुमार मल्लले बताए ।

लायन्स क्लव राराका चार्टर प्रेसिडेन्ट विनोद कुमार मल्लले आगलागी पिडित परिवारलाई सहयोगका लागी लायन्स क्लव अफ नेपालका डिस्टिक गर्भनर राम बहादुर भटट्लाई आग्रह गरेपछि लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ वि २ नेपाल अन्तरगतको लायन्स आफतकालिन डिष्टिक कोषबाट आगलागी पिडित परिवारहरुलाई न्यानो ओडने कपडा कम्वल र सिरक सहयोग गरिएको डिस्टिक चिप एग्जेक्यटिप जिल्ला प्रमुख व्यवस्थापक टिकाराम चपाईले जानकारी गराए ।

गत कात्र्तिक २९ गते राती १२ बजे मुगु जिल्ला सदरमुकाम स्थित तल्लो बजारमा आगलागी हुदा २० घर पुर्ण ५ घर आंशिक, २४ पसलका सामान, ३३ भाडामा बस्नेका सामानहरु खरानी भएका थिए आगलागीबाट मानविय क्षती नभएपनि ३६ करोड बढीको भौतिक क्षेती भएको प्रहरीले बताएको छ ।

हालसम्म आगलागी पिडित परिवारलाई मुगु उद्योग बाणिज्य संघ, छायाँनाथ बचत तथा ऋण सहकारी सस्था, नेपाल रेडक्रस, सांसद जिपछिरिङ्ग लामा,पेस नेपाल,युएमएन मुगु कलष्टर, हामी नेपाल टिम, लायन्स क्लव रारा मुगु,छायाँनाथ रारा नगरपालिका, कणाली प्रदेश सरकार, नेपाली काँगे्रस अष्टेलियाको जनसम्पर्क समिती, अष्टेलियामा बस्ने मुगाली युवा धिरेन शाही र जयन्द्रजङ् शाही, अष्टेलियन फुटवल क्लव वेनि एप्सि र एनआईसी एसिया बैकले नगद, भाडाकुडा, लत्ता कपडा सहयोग गरेको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए ।

प्रतिक्रिया