एमाले सचिवमा भीम आचार्य र टंक कार्की पराजित

काठमाडौं । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट ७ जना सचिव निर्वाचित भएका छन् । केपी ओलीले प्रस्ताव गरेका गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, पद्मा कुमारी अर्याल, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट निर्वाचित भएका हुन् ।

ओलीको प्रस्तावमाथि असन्तुष्टि जनाउँदै भीम प्रसाद आचार्य र टंकप्रसाद कार्कीले सचिव पदमा उम्मेदवारी दिएका थिए। उनीहरु पराजित भएका छन् ।

प्रतिक्रिया