एशियन लाईफको नयाँ योजना

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ‘बाल उच्च शिक्षा’ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले सन्तानको उच्च शिक्षाको लागी आवश्यक पर्ने खर्चको सहज व्यवस्थापन गर्न सहयोग पु¥याउने उद्देश्यले उक्त योजना ल्याएको हो । उक्त नयाँ योजना कम्पनीका संचालक समिति अध्यक्ष दिपककुमार श्रेष्ठ, संचालक समिति सदस्य सजल मास्के, अच्युतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ र कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत मुरारीराज हुमागाईंले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

योजना अन्तर्गत नवजात शिशुदेखि १३ वर्ष उमेरसम्मको बालबालिकाको १ करोड रुपैयाँ बिमाकसम्म जीवन बीमा गर्न सकिन्छ । बीमित बच्चाको उमेरको आधारमा कक्षा ११ देखि स्नातक तहसम्मको शिक्षण शुल्क व्यहोर्न सघाउ पुग्ने गरी किस्ता बन्दीमा बीमांकको रकम भुक्तानी गरिने सुविधा भएकाले अभिभावक यो बीमाको माध्यमबाट छोराछोरीको उच्च शिक्षाको लागी ढुक्क हुने इन्स्योरेन्सले जनाएको छ ।

त्यस्तै, बीमित बच्चा १६, १७, १८, १९ र २० वर्ष पुरा भएको दिनमा क्रमशः बीमांकको २५, १५, २५, २० र १५ प्रतिशत रकम भुक्तानी गरिनेछ । यो बाहेक बीमा अवधि समाप्तीमा बीमित बच्चालाई नियमानुसारको बोनस रकम समेत प्रदान गरिने इन्स्योरेन्सले जनाएको छ । यो संगै तोकिएको अवधि पुरा हुनुभन्दा अगाडी बीमितलाई रकम खाँचो परेको अवस्थामा बीमालेखको शर्तको अधिनमा रही १२ महिना अघि नै अग्रिम भुुक्तानी रकम प्राप्त गर्न सकिने सुविधा समेत रहेको कम्पनीले जनाएको छ । यो बीमा योजनामा बीमा अवधिभित्र बीमित बच्चाको मृत्यु भएमा बीमाको २५ प्रतिशत रकम तत्काल भुक्तानी दिइनेछ । बीमाको ७५ प्रतिशत रकम र मृत्यु हुँदासम्मको आर्जित बोनश एकमुष्ठ रकम बीमा अवधि समाप्ती भएपछि भुक्तानी दिइने पनि उल्लेख छ ।

प्रतिक्रिया