स्वास्थ्यमन्त्री खतिवडाको निर्देशनपछि गंगालालमा पीसीआर परीक्षण शुल्क घटाइयो

काठमाडौं । स्वास्थ्यमन्त्री विरोध खतिवडाको निर्देशनपछि सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीको पीसीआर परीक्षण शुल्क सोमबारबाट एक हजार रुपैयाँ कायम गरिएको छ । सरकारले २०७७ माघ २८ मा पीसीआर परीक्षण शुल्क एक हजार रुपैयाँ तोकेपनि गंगालालले ७ सय बढी लिँदै आएको थियो । गंगालालका सञ्चालक समितिको अध्यक्षमा स्वास्थ्यमन्त्री रहने व्यवस्था छ ।

अहिले केन्द्रीय प्रयोगशाला टेकु, वीर, सिभिललगायत अस्पतालमा एक हजार रुपैयाँ लिँदै आइरहेका छन् । विदेश जानेहरुलाई त्रिभुवन विमानस्थलमा निजी संस्थाले एक हजार दुई सय रुपैयाँ लिने गरेका छन् । पीसीआर परीक्षण नि:शुल्क गर्न २०७७ असोजमा सर्वोच्च अदालतलका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले स्वास्थ्य मन्त्रालयको नाममा परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया