अवरुद्ध विकासका योजनाहरु गठबन्धन सरकारले पुरा गर्छ : मन्त्री आङवो

पाँचथर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङवोले अवरुद्ध भएका विकास निर्माणका योजनाहरु यही गठबन्धन सरकाले पुरा गर्ने बताएका छन् ।

सोमबार फिदिममा आयोजित माओवादी केन्द्रको प्रथम नगर अधिवेसनलाइै उद्घाटन समारोहमा मन्त्री आङवोले सोउक्त कुरा बताएका हुन् ।

जिल्लाका ६० वडा र पालिकातहरुमा अधिवेशन सकेर नगर प्रथम अधिवेसन सभालाई सम्बोधन गर्न आङवो फिदिम आएका थिए । कार्यक्रममा गठबन्धन सरकार किन निर्माण भयो भन्नेबारे पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ कटाक्ष गर्दै उनले कार्यताहरुलाइ सजक गराएका थिए ।

पाँचथर विकासका योजनाहरुको विकासे फायल पूर्वाधार मन्त्रालयले पंन्छाएर यो ईन्द्र आङवो को हो भन्दै नहेरेको र विकास अवरुद्ध भएको उनले ओलीलाई आरोपसमेत लगाए ।

पाँचथरमा समग्र विकासका लागि १० वर्षे गुरुयोजनाको पुस्तक पनि आङवोले बिमोचन गरे । मन्त्री आङवोले गुरुयोजनामा भएका विषयहरुमा ब्याख्या गरे । समारोहमा जेष्ठ कम्युनिष्ट फिदिमका लिला ढुंगानालाई सम्मान पनि गरिएको थियो ।

नगर अधिवेशनमा अर्थमन्त्री जर्नादन शर्माका स्वकीय सचिव पाँचथरका नेता हर्क नेम्वाङ मिक्सो, लेखा आयोगका केन्दी्र सदस्य नरबहादुर दुलाल, प्रदेश सांसद सिता थेवे, पार्टी संयोजक होम जवेगु लगायत प्रदेश कमिटीका सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया