‘एकै मत आए पनि प्रतिस्पर्धाबाट हट्दिनँ’

काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले एकै भोट आएपनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । उपाध्यक्ष रावलले शनिबार चितवनमा भइरसको बन्दसत्र कार्यक्रमअघि उक्त प्रतिकृया दिएका हुन् ।

शनिबार दिउँसो नै उम्मेदवारी मनोनयन प्रक्रिया शुरु हुँदैछ । अध्यक्ष ओलीले सबै पदमा सर्वसम्मत पदाधिकारी चयन हुने दावी गर्दै आएपनि रावलले प्रतिस्पर्धाबाट पछि नहट्ने अडान राखेका हुन् ।

रावलले आफूले जितका लागि अवश्यक मत पुर्‍याउने दावी गरिरहेका छन् । उनले अध्यक्ष पदमा उम्मेदवारी दिने बताउँदै निकटका नेताहरुसँग परामर्शसमेत गरेका छन् ।

प्रतिक्रिया