घुम्ती शिविरमार्फत प्रेसपास वितरण

मुगु । हिमाली जिल्ला मुगुमा सञ्चार घुम्ती शिविरमार्फत प्रेस पास वितरण गरिएको छ । मुगुमा पहिलो पटक सञ्चार घुम्ती सेवा सञ्चालन गरी २६ जना सञ्चारकर्मीहरुलाई प्रेस पास वितरण गरिएको हो ।

सञ्चार घुम्ती शिविरमार्फत मुगुका २०, जुम्लाका १ र जाजरकोटका ५ जना गरी २६ जना सञ्चारकर्मीहरुलाई प्रेस पास वितरण गरिनुका साथै दुईवटा अनलाईन दर्ता गरिएको सूचना तथा प्रसारण विभागका महानिर्देशक सुदिप भट्टराईले बताए ।

सूचना तथा प्रसारण विभागकाको आयोज र नेपाल पत्रकार महासंघ मुगु शाखाको सहकार्यमा तीनदिने घुम्ती शिविर सञ्चालन गरिएको थियो । उक्त सञ्चालित सञ्चार घुम्ती शिविरमा २६ जना सञ्चारकर्मीहरुलाई प्रेस पास वितरण गरिएको र दुईवटा अनलाईन रारा रैवार डटकम, चंखेली अनलाईन दर्ता गरिएकाे महानिर्देशक भट्टराइले बताए ।

दुृर्गमका हिमाली जिल्लाका सञ्चारकर्मीको दुःख पीडालाई ध्यान दिएर विगतका वर्षदेखि विभागले हिमाली जिल्लामा सञ्चार घुम्ती शिविर सञ्चालन गर्दै आएको र दुर्गम जिल्लामा कार्यरत सञ्चारकर्मीलाई सहजताको लागि सञ्चार घुम्ती शिविर सञ्चालन गरिएको बताइएको छ ।

समापन कार्यक्रमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले दुर्गमका सञ्चारकर्मीको हितको निम्ति राज्य पहिलो पटक उपस्थित हुँदा खुशी लागेको बताए । विभागले प्रदान गर्न लागेको क्षमता विकास तालिम र प्रेस प्रतिनिधि प्रमाणपत्र अनलाईन सञ्चारमाध्यम दर्ता जस्ता महत्वपूर्ण कुराले यहाँका सञ्चारकर्मीले उत्साहित भएको अध्यक्षको मल्लको भनाई छ ।

यसैबीच सञ्चार घुम्ती शिविरमा जिल्लामा कार्यरत सञ्चारकर्मीलाई क्षमता विकास तालिम पनि प्रदान गरिएको छ । पत्रकारको लेखनबृद्धि समाचार संकलन अन्तरवार्ता, फिचर लेखन, अवलोकन लगायतका बिषयमा जिल्लास्थित सञ्चारकर्मीलाई तीन दिनसम्म प्रशिक्षण दिइएको छ । प्रशिक्षण डा. विजय मिश्रले दिएका थिए ।

प्रतिक्रिया