खोजखबर

भानुभक्त ढकालले गरे एमालेको सचिवमा उम्मेदवारी घोषणा

सौर्य अनलाइन २०७८ मंसिर १० गते १०:५२ मा प्रकाशित

चितवन । पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं एमाले पोलिटब्यूरो सदस्य भानुभक्त ढकालले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आजबाट चितवनमा सुरु हुन लागेको १०औँ राष्ट्रिय महाधिवेशनमा पत्रकारहरुसँग कुरा गर्दै ढकालले आफूले सचिव पदमा उम्मेदवारी दिने जानकारी दिएका हुन् ।

सहमतिमै नेतृत्व चयन गर्दा पनि पार्टीको नेतृत्वले विवेक पुर्याउनेमा आफू विश्वस्त रहेको बताएका उनले निर्वाचन जाँदा आफ्नो उम्मेदवारी सचिव पदमा उम्मेदवारी रहने बताएका हुन् ।

कार्यकर्ताको भावना सम्बोधन गर्न आफू सचिवमा उम्मेदवारी दिन लागेको बताएका महाधिवेशनको स्वास्थ्य समितिको संयोजक समेत रहेका ढकालले ढकालले भने, ‘मेरो मात्र हैन कार्यकर्ताको चाहना पनि म पार्टीको सचिव होस भन्नेछ, म सचिवका लागि योग्य पनि छु, प्रतिनिधिले चितवनबाट फर्किंदा एमालेको सचिवको रूपमा हेर्न चाहेका छन्, त्यसकारण म सचिवको उम्मेदवार हुँ ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय