जिडब्लुएम को ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’

काठमाडौं । ग्रेट वाल मोटर्स (जिडब्लुएम) गाडीको नेपालको लागि आधिकारिक विक्रेता भि.जी. ईम्क्पेक्स प्रालिले आफ्ना दुई एसयूभी थर्ड जेन हवाल एच सिक्स र हवाल जोलायन का साथै पीक–अप पावर को ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ । यो आयोजना बिहीबार देखी शुरु भई मंसिर १४ मा सकिनेछ । यस क्याम्पमा इच्छुक जोसुकै पनि सहभागि हुन सक्नेछन् । सहभागि हुनका लागि इच्छुक महानुभावले थापाथली स्थित ग्रेट वाल मोटर्स को शाोरुममा कार्यालय समय भित्र निशुल्क टेस्ट ड्राइभ तथा एक्सचेन्जको फाइदा लिन सक्ने कम्प्नीले जनाएको छ ।

टेस्ट ड्राइभका लागि आउने प्रत्येक ग्राहकले आकर्षक उपहार पाउनुका साथै ४३ इन्चको एमआई स्मार्ट टि.भी.जित्न सक्नेछन । यस क्याम्प अन्र्तगत ग्राहकले गाडी एक्सचेन्ज गरी बुकिग गर्न सक्ने र आकर्षक बोनस, नगद छुट, निःशुल्क एसेसोरिज र सहज फाइनान्सिङको सुविधा पनि उपलब्ध हुने उल्लेख छ । जिडब्लुएमले अक्टोबर २०२१ मा १ लाख १२ हजार ६९ गाडी विक्री गरेको छ । जसमा अन्तर्राष्ट्रिय बजारमा मात्र १४ हजार ४७ विक्री गरेको थियो । २०२१ को जनवरी देखि अक्टोवरसम्म अन्तर्राष्ट्रिय बजारमा विक्री भएको १ लाख १२ हजार २० वटा सहित ९ लाख ९६ हजार १ सय १४ गाडी विक्री भएको छ । जुन ३० दशममलब ३ प्रतिशत बृद्धि हो ।

चीनमा विगत ११ वर्ष देखि सबैभन्दा धेरै विक्री हुने नम्बर १ एसयूभी, हवाल ६५ लाख भन्दा धेरै संख्याम विक्री भइसकेको हवाल अहिले ७० लाख पुगेको छ । ३५ लाख भन्दा धेरै विक्री भएको हवाल एच सिक्स ९५ महिनासम्म चीनमा सबैभन्दा धेरै विक्री हुने एसयूभी पनि हो । चीनको घरेलु बजारमा नम्बर १ स्थानमा रहेको पीक–अप पावर निर्यातमा पनि लगातार २४ वर्ष देखि सबैभन्दा माथि रहेको छ । घरेलु बजारको ५० प्रतिशत हिस्सा ओगटेको पावरको विश्वव्यापी विक्री भएको १९ लाख एकाइ रहेको छ ।

प्रतिक्रिया