रामशाहपथदेखि बालुवाटारसम्म मार्चपास

काठमाडौं । नेपाल बार एसोसिएसनको अगुवाइमा विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा रामशाहपथदेखि बालुवाटारसम्म मार्चपास गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामालगायत न्यायालय सुधारका विभिन्न माग राखेर आन्दोलित बारले मार्चपास आयोजना गरेको हो ।

बारले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन माग गर्दै आएको छ । मार्चपासमा बृहत् नागरिक आन्‍दोलनसहित विभिन्न पेशागत संघसंस्थाहरुको सहभागिता थियो । उनीहरुले सम्पूर्ण न्यायप्रेमी जनता एक हौं, प्रधानन्यायाधीश जबरा राजीनामा देउलगायत नारा लगाएका थिए ।

प्रतिक्रिया