धादिङमा मिनिट्रक दुर्घटना, दुईजनाको मृत्यु, सात घाइते

काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका–१ मा मिनिट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सातजना घाइते छन् । स्थानीय ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीय रुमाल तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा मृत्यु भएको जनाइएको छ । घाइते सबैको सोही अस्पतालमा उपचार भइरहेको छ । धादिङको कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा४ख ५८४८ नम्बरको मिनिट्रक हिजो साँझ करिब साढे ६ बजे अनियन्त्रित भएर पल्टिएको थियो ।

प्रतिक्रिया