प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राईले लिए शपथ

काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले शपथ लिएका छन् । एकीकृत समाजवादीका नेतासमेत रहेका उनलाई मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले मुख्यमन्त्रीको शपथ गराएका हुन् ।

राई निवर्तमान मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि राई मंगलबार नियुक्त भएका थिए । मंगलबार नै ४ मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।

नेपाली कांग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानूनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्रीको शपथ लिएका हुन् ।

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फेले पनि सामाजिक विकास राज्यमको शपथ लिएकी छन् ।

प्रतिक्रिया