कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । कांग्रेससँग आलोपालो मुख्यमन्त्री बन्ने सहमति अनुसार माओवादीबाट मुख्यमन्त्री बनेका शाहीले पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका हुन् ।

शाहीले पत्रकार सम्मेलनमार्फत् विगत तीन वर्षमा सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गरेका थिए । आलोपालो प्रणाली अनुसार कर्णालीमा अब कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् ।

प्रतिक्रिया