कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले राजीनामा दिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले (आज) सोमबार राजीनामा दिँदै छन् । पूर्वसहमति अनुसार मुख्यमन्त्री शाहीले सोमबार नै पदबाट राजीनामा दिन लागेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए ।

गत वैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार नै तत्काल पदबाट राजीनामा दिनुपर्ने कांग्रेसले दबाब दिँदै आएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय तथा प्रदेशकी प्रवक्ता सीता कुमारी नेपालीले सहमति अनुसार आजै सोमबार राजीनामा हुनसक्ने जानकारी दिइन् । मुख्यमन्त्री शाहीले राजीनामा दिएपछि नेपाली कांग्रेसको तर्फबाट जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्नेछन् ।

प्रतिक्रिया