प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा !

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गरेका मुख्यमन्त्री आचार्य राजीनामा दिने निष्कर्षमा पुगेका हुन् । मुख्यमन्त्री आचार्यले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

मुख्यमन्त्रीको विश्वासको मत लिने प्रस्तावलाई असफल पार्न विपक्षी गठबन्धनले समेत आन्तरिक तयारी गरिरहेको थियो । नेपाली कांग्रेसले प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

यस अघि एमालेका मुख्यमन्त्रीहरु लुम्बिनीबाट शंकर पोखरेल, गण्डकीबाट पृथ्वीसुब्बा गुरुङ र वागमतीबाट अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीबाट वाहिरिइ सकेका छन् ।

प्रतिक्रिया