सर्वोच्च अदालत र बार परिसरमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ। गृहमन्त्रालयले सोमबार सर्वोच्च अदालत र नेपाल बार परिसरमा सम्भावित मुठभेड हुने संकेत पाएपछि दंगा प्रहरी परिचालन गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरु सर्वोच्चमै धर्ना बसेपछि सुरक्षा व्यवस्थालाई थप कडा पारिएको हो ।

केही दिनअघि कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनका अधिकारीहरुबीच इजलासबारे विवाद सृजना हुँदा कुटाकुट समेत भएको थियो । सर्वोच्च परिसरमा ५० बढी दंगा प्रहरी परिचालन गरिएको छ । आन्दोलनमा दंगा प्रहरी परिचालन गरेपछि कानुन व्यवसायीहरुले खेद प्रकट गरेका छन् ।

प्रतिक्रिया