एमाले महाधिवेशनमा १,५३६ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनमा १,५३६ जना प्रतिनिधि सहभागी हुने भएका छन् । आज बसेको स्थायी कमिटी बैठकले सात लाख २१ हजार सदस्यबाट १५३६ जना महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । आजको बैठकमा प्रतिनिधि चयनका विषयमा छलफल गरेको हो । ज्ञवालीकाअनुसार भोलि केन्द्रीय बैठक बस्दैछ ।

प्रतिक्रिया