खोजखबर

आम निर्वाचनमा गठबन्धन हुँदैन : नेत्री कोइराला

सौर्य अनलाइन २०७८ कार्तिक ११ गते १७:२२ मा प्रकाशित

चितवन । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठवन्धन नहुने बताएकी छन् ।

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनिन्, ‘गठवन्धनका विषयमा कुरा उठेको छैन, कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ ।’ कांग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने उनको भनाइ छ ।

फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताइन् । उनले भनिन्, ‘सभापतिले अब अधिवेशन समयमा नै हुन्छ भन्नुभएको छ, विश्वास गर्नुपर्यो, समयमा नै अधिवेशन हुनुपर्छ ।’ महाधिवेशनमा आफ्नो उम्मेदवारी के हो भन्ने विषयमा उनले आफू छलफलमै रहेको बताइन् ।

राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा ठूलो रहेको बताउँदै उनले आफ्नो उम्मेदवारी समय आएपछि मात्र जानकारी दिने बताइन् ।

कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्दै आम निर्वाचन लक्षित हुनु आवश्यक रहेको पनि उनले बताइन् । पछिल्लो समय प्रधानन्यायाधीश माथि भइरहेको चौतर्फी आलोचनाप्रति उनले भनिन्, ‘यसले प्रजातन्त्रलाई कमजोर बनाउँछ ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय