प्रतिनिधि सभा बैठक बस्‍दै आज

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन-२०७७/७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची छ।

यसअघि प्रतिनिधि सभा बैठक ९ कात्तिकका लागि तय भएको थियो । तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो । प्रतिनिधि सभामा नेकपा एमालेले लामो समयदेखि अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया