एमाले स्थायी कमिटी बैठक बस्दै आज

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा दिउँसो ४ बजे बस्ने बैठकबाट भोलि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न लागिएको हो ।

साथै आगामी दशौँ राष्ट्रिय महाधिवेशनको कार्यतालिकाबारे पनि छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । त्यसअन्तर्गत वडा र स्थानीय तहस्तरमा भएका अधिवेशनहरुको रिर्पोटिङ तथा समीक्षा पनि हुने तामाङले बताए ।

एमालेले आगामी मंसिरमा पार्टीको दशौँ महाधिवेशन चितवनमा गर्दैछ । महाधिवेशनको कार्यतालिकाबारे थप छलफल गर्न भोलिका लागि केन्द्रीय कमिटी बैठक आह्वान गरिएको छ ।

प्रतिक्रिया