मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामाको घोषणा

मोरङ । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गरेकी हुान् । बैठकमा शाक्यले विगतमा आफूहरुले गरेको त्याग पद र प्रतिष्ठाका लागि मात्रै नभएको उल्लेख गरिन् ।

यसअघि प्रदेशसभा संसदीय दलको कार्यालयमा नेकपा (एमाले) का प्रदेशसभा सदस्यहरुसँग मुख्यमन्त्री शाक्यले आफूले पदबाट राजीनामा दिने बताएकी थिइन् ।

शाक्यले आजै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शार्मा आलीसँग समेत सल्लाह गरेको र उनले विश्वासको मत नपाउने निश्चित भएको अवस्थामा राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उचित हुने सल्लाह दिएको भन्दै राजीनामा दिने बताइन् ।

पाँच दलीय गठवन्धनको सरकार गठन गर्नका लागि बाटो खुल्ला गरिदिन पनि आफूले राजीनामा दिने उनको भनाइ थियो । उनले राजीनामा दिने निश्चित भएपछि यस प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन हुने भएको छ । उनको पार्टीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलको सहभागितामा सरकार गठन हुन लागेको हो ।

प्रतिक्रिया