राजीनामा दिँदै मुख्यमन्त्री शाक्य

काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने तयारी गरेकी छन् । अहिले नेकपा (एमाले) को वाग्मती संसदीय दलको बैठक जारी छ । ‘राजीनामा दिने वा विश्वासको मत लिने भन्ने निर्णय गर्न संसदीय दलको बैठक बसिरहेको बताइएको छ ।

उता, नेपाली कांग्रेसका एक सांसदले पनि मुख्यमन्त्री शाक्यले राजीनामा दिने तयारी गरिरहेको जानकारी पाएको बताए । ‘बैठकलाई सम्बोधन गरेर राजीनामा दिने सूचना हामीले पाएका छौँ,’ उनले भने ।

मुख्यमन्त्री शाक्यले विश्वास मत लिनका लागि आज दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक ढिलाे गरेर  सुरु भएकाे छ ।

प्रतिक्रिया