सर्वोच्च बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिइ मार्ग प्रशस्त गर्नुपर्ने औल्याएका छन् । सोमबार बसेको बैठकपछि निकालिएको विज्ञप्तिमा सल्लाहकार समितिसँगको छलफलपछि न्यायिक नेतृत्व सम्पूर्ण रुपमा असफल भएको निष्कर्ष निकालेको हो ।

सर्वोच्च बारका सचिव ॠषिराम घिमिरेले न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने माग गरिएको बताए ।

प्रतिक्रिया