सन नेपाल लाइफको बिमा जागरण कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाललाइफले कैलाली जिल्लाको धनगढी, अत्तरीया, सुखड, लम्की र टिकापुर तथा कञ्चनपुर जिल्लाको महेन्द्रनगर र पूनर्वासमा बीमा जागरण अभियान सञ्चालन गरेको छ । साथै कम्पनीको शाखा कार्यालय धनगढी र धनगढी शाखा अन्तरगत रहेका उपशाखा महेन्द्रनगर, झलारी, अत्तरीया बेलौरी, पूनर्वास, हसूलिया, मसुरिया, भजनी, सुखड, लम्की, टिकापुर बौनिया तथा राजापुरमा कार्यरत उत्कृष्ट अभिकर्ता अरुलाई सम्मान समेत गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख उपस्थितिमा सम्पन्न कायक्रमहरुको संयोजन सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैशीले गरेका थिए । देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

प्रतिक्रिया