एएनपी नेसनल अवार्डस् हुने

काठमाडौं । अल नेपाल पब्लिकेसन (एएनपी) मिडिया हाउसले चलचित्र, संगीत र फेसन क्षेत्रका स्रष्टा र सर्जकको सम्मान गर्ने भएको छ । विगत २४ वर्षदेखि शैक्षिक तथा १५ वर्षदेखि इभेन्ट र मनोरञ्जनको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको एएनपीले ‘एएनपी नेसनल अवार्डस् २०२१’ आयोजना गर्न लागेको हो ।

स्रष्टा र सर्जकको सम्मानमा पहिलोपटक ‘एएनपी नेसनल अवार्डस् २०२१’ गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष लबबहादुर कार्र्कीले जानकारी गराएका छन् । उनका अनुसार आगामी १५ कात्तिकमा राजधानीको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा आयोजना गरिने कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशील स्रष्टा र सर्जकलाई सम्मान गरिनेछ । यस्तै, चलचित्र, संगीत र फेसनको क्षेत्रमा विभिन्न विधामा अवार्ड प्रदानसमेत गरिनेछ । यसका लागि निःशुल्क रुपमा आवेदन भर्न सकिने कार्कीले जानकारी दिए ।

उनले फेसन क्षेत्रअन्र्तगत मोडल र कोरियोग्राफरका साथै इभेन्ट आयोजक तथा व्यवस्थापकलाई समेत प्रोत्साहित गर्न ती विधामा समेत अवार्डको व्यवस्था गरिएको सुनाए । शम्भुप्रसाद रेग्मीको संयोजनमा हुने कार्यक्रममा विभिन्न मनोरञ्जक प्रस्तुति प्रस्तुत गरिने अध्यक्ष कार्कीले बताए ।

प्रतिक्रिया