रंग‍-विविध

नेपालको हिमाली भेगमा रमाउँदै परिणिती

सौर्य अनलाइन २०७८ कार्तिक २ गते २०:४९ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडाको सामाजिक सञ्जालमा पछिल्लो समय नेपालको सुन्दर हिमाली भेगका तस्बिरहरू देख्न सकिन्छ । सुरज बडजात्याको चलचित्र ‘उचाइ’ को छायांकनका लागि उनी अहिले अरू बलिउड कलाकार अनुपम खेर, बोमन इरानी लगायत टिमसँग नेपालमा छिन् ।

कहिले सगरमाथालाई नियाल्दै गरेको फोटो त कहिले समुन्द्री सतहभन्दा ११ हजार फिट माथि नाम्चे बजारमा फुटबल खेल्दै गरेको फोटो उनले पोस्ट गरिरहेकी छिन् ।

यस्तै, उनले मंगलबार मात्रै अर्को फोटो पनि पोस्ट गरेकी छिन् । जसमा उनी उचाइमा बसेर ध्यान मग्न छिन् । फोटो हाल्दै परिणिती लेख्छन्, ‘दैनिक ध्यान मेरो सिकरेट हो ।’ अहिले बलिउड टिमसँगै छायांकनमा रहेका एक व्यक्तिका अनुसार परिणितीको यो फोटो नाम्चे बजारको हो । अहिले ‘उचाइ’ टिम नाम्चेको छायांकन सकेर लुक्लामा छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय