एनआईसि एसियाले मुद्दतिमा ११.१० प्रतिशतसम्म ब्याज दिने

काठमाडाैं । एनआईसि एसिया बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज कार्तिक १ गते देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । उक्त व्याजदर अनुसार बैंकले बचत खातामा ६.१० प्रतिशतदेखि ८.१० प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ८.६० प्रतिशतदेखि ११.१० प्रतिशतसम्म तोकिएको छ ।

त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदर अधिकतम ६ प्रतिशत देखि न्यूनतम २ प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । भदौ मसान्तमा बैंकको ब्याजको आधारदर ६.८९ प्रतिशत कायम गरेको छ ।

प्रतिक्रिया