गृहमन्त्रीले गरे १२ सीडीओको सरुवा, को कहाँ ?

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी सीडीओको सरुवा गरेका छन् । गृह मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर १२ सीडीओको सरुवा गरेको हो । गृह मन्त्रालयबाट किरण थापालाई कैलाली, खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट गृह मन्त्रालय तानिएको छ । जगन्नाथ पन्तलाई गृह मन्त्रालयबाट पाल्पा, हरिप्रसाद घिमिरेलाई अर्घाखाँची, वेदनिधि खनाललाई सिन्धुपाल्चोक, माधवप्रसाद ढकाललाई डोल्पा प्रजिअबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।

वेदनिधि अधिकारीलाई डोल्पा, नेत्रप्रसाद शर्मालाई मुस्ताङ, श्रीनाथ पौडेललाई रोल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। यस्तै विष्णु पौडेललाई अर्घाआँचीबाट गृहमा तानिएको छ । राजुप्रसाद पौडेललाई स्याङ्जाको जिम्मेवारी दिइएको छ भने स्याङ्जाका सीडीओ दीपकराज नेपाललाई गृहमा सरुवा गरिएको छ ।

प्रतिक्रिया