यस्तो छ एकीकृत समाजवादीको केन्द्रीय कमिटी र कार्यविभाजन (विवरणसहित)

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको केन्द्रीय कमिटीलाई पूर्णता दिएसँगै नेताहरूको कार्यविभाजन समेत तोकेको छ । ३३५ सदस्यीय केन्द्रीय कमिटी विस्तार गरिएकाे पार्टीका अध्यक्ष माधवकुमार नेपालले बिहीबार अन्तरपार्टी निर्देशनमा जनाइएकाे छ । अन्तरपार्टी निर्देशनमा केन्द्रीय कमिटीको विस्तार, नेताहरुको पदीय हैसिय तथा कार्य विभाजनबारे स्पष्ट खाका कोरिएको छ ।

अध्यक्ष नेपाल संसदीय दलको नेता तथा पार्टीको समग्र नेतृत्वको जिम्मेवारीमा छन् भने वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको हैसियतमा राखिएको छ । खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । उक्त निर्देशनमा पार्टीकाे ४२ सदस्यीय स्थायी कमिटी ९४ सदस्यीय पोलिटब्यूरोकाे विवरण समेत दिइएकाे छ ।

केन्द्रीय कमिटी र कार्यविभाजन विवरण

 

प्रतिक्रिया