होटेल सञ्चालकमाथि कुटपिट गर्ने तीन जना पक्राउ

धनगढी । कैलालीमा होटेल सञ्चालकमाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर- २ मा होटेल सञ्चालन गर्दै आएकी ३४ वर्षीया रितु थापामाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

महिलालाई कुटपिट गरेको आरोपमा गोदावरी नगरपालिका वडा नम्बर- ३ का २८ वर्षीय ललित जोशी, २५ वर्षीय आशिष पाण्डेय र २६ वर्षीय नबिन जोशीलाई पक्राउ गरीएको प्रहरी निरीक्षक लोकेन्द्र गुरुले बताए ।

शुक्रबार राति मदिरा सेवन गरेर थापाले सञ्चालन गर्दै आएको कान्छी होटेलमा पुगेर कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरीएको प्रहरी निरीक्षक गुरुले बताए । महिलाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको उनले बताएका छन् ।

प्रतिक्रिया