ससुरालीमा टीका लगाएर फर्कनेक्रममा भीरबाट लडेर मृत्य

खोटाङ । ससुरालीबाट टीका लगाएर घर फर्कनेक्रममा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङस्थित ससुराली घरमा टिका लगाएर घर फर्कनेक्रममा संखुवासभाको चैनपुर नगरपालिका-८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको शुक्रबार मृत्यु भएको हो ।

राउतको बाम्राङकै नंग्रेखोलामा भीरबाट करिब ५० मिटर तल खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालले बताए । मादक पदार्थ सेवन गरेका कारण राउत लडेको प्रहरी अनुमान छ । राउतको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पुर्‍याइएको छ ।

प्रतिक्रिया