आजका केहि तस्वीरहरु

तनहुँको देवघाटस्थित वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक शुक्रबार दशैँको दिन टीका लगाउँदै । तस्वीर : कृष्ण न्यौपाने/रासस

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा आमा मिथिला पाण्डेको हातबाट शुक्रबार साईतमा दशैंको टीका तथा प्रसाद ग्रहण गर्नुहुुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस ।

चितवनको पर्यटकीयस्थल सौरहामा अवस्थित राप्ती नदीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । तस्वीर : चन्द्रकला क्षेत्री/रासस

पर्यटकीय नगरी पोखरास्थित फेवातालमा पर्यटकलाई डुंगा सयर गराउँदै डुंगा चालक महिला । तस्वीर : हरि बास्तोला, रासस

 

फेवाताल बीचमा रहेको तालबाराही मन्दिरको दर्शनका लागि डुंगाा सयर गरेर जाँदै भक्तजन । विजयादशमीको अवसरमा शुक्रबार बिहानैदेखि तालबाराहीको दर्शन गर्न भक्तजनको भीड लागेको थियो । तस्वीर : रासस

बडा दशैँको अवसरमा पोखराको फेवातालको बीचमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिर दर्शनका लागि डुङगा चढेर जाँदै गरेका भक्तजनहरु । दशैँ शुरु भएपछि तालबाराहीलगायतका पोखराका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड बढेको छ । तस्वीर : कृष्ण दवाडी, रासस

कास्कीको अन्नपूर्ण गाउँपालिका ६ ठुलाखर्क ( अष्ट्रेलियन क्याम्प)मा पिङ खेल्दै किशोरी । तस्वीर : राधिका कँडेल/रासस

 

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रम निवास बालुवाटारमा दशैँको टीका एवम जमरा लगाउँदै । प्रधानमन्त्रीले बालुवाटारमा परिवारका सदस्य, सुरक्षा निकायलगायतलाई टीका तथा जमरा लगाउनुभएको छ । तस्वीर : रोशन सोपकोटा/रासस

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा हनुमानढोका दरबारका मूल पूजारी देवराज अर्यालको हातबाट शुक्रबार साईतमा दशैंको टीका तथा फूल प्रसाद ग्रहण गर्दै । तस्बिर : रत्न श्रेष्ठ, रासस ।

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा आमा मिथिला पाण्डेको हातबाट शुक्रबार साइतमा दशैँको टीका तथा प्रसाद ग्रहण गर्नुहुुँदै । तस्वीर : रत्न श्रेष्ठ, रासस

टीकाको दिन शुक्रवार दमकको दुर्गा मन्दिरबाट जमरा लैजाँदै सर्वसाधारण । तस्वीर : यज्ञराज आङदेम्बे/रासस

प्रतिक्रिया