ताप्लेजुङमा बोलेरो जिप दुर्घटना हुँदा १८ जना घाइते

काठमाडौं । ताप्लेजुङमा बोलेरो जिप दर्घटना हुँदा १८ जना घाइते भएका छन् । दशैँको महानवमीको दिन ताप्लेजुङ सदरमुकामबाट सिरिजङ्घा गाउँपालिकाको तेल्लोकतर्फ जाँदै गरेको जिप मेची राजमार्गअन्तर्गत ल्याङ्बामा दुर्घटना भएको ताप्लेजुङ प्रहरीले जनाएको छ । मे १ ज २०५६ नम्बरको बोलेरो जिप दिउँसो १२ः३० बजेतिर ब्रेकफेल भई दुर्घटना भएको जिल्ला प्रहरी प्रमुद डिएसपी बानबल नरसिंह राणाले बता ए। दुर्घटनामा परी घाइते हुनेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ ।

प्रतिक्रिया