‘ पछिल्लो सत्ता परिवर्तन ‘बार्टर’ सिस्टममा भएको देखियो’

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो सरकार र अदालतबीच ‘बार्टर’ सिस्टममा पछिल्लो सत्ता परिवर्तन भएको आरोप लगाएका छन् । हालै मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई कोटा दिइएको सन्दर्भ उल्लेख गर्दै ओलीले सो आरोप लगाएका हुन् ।

गृहजिल्ला झापा पुगेका ओलीले दसैँको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै भने, ‘तीन महिनापछि बल्लतल्ल सरकारले पूर्णता पायो, त्यो पनि जेठानलाई मन्त्री बनाएर । अहिले आएर थाहा भयो यो सरकार कसरी बनेको रहेछ । पहिले व्यापारमा पैसाको कारोबार हुन्नथ्यो । बार्टर सिस्टमबाट चल्थ्यो । अहिले सरकार परिवर्तन पनि बार्टर सिस्टममा भएको देखियो ।’

उनले थपे, ‘पैसाको कारोबार भयो भएन थाहा भएन । सट्टापट्टा भएको स्पष्टै देखियो ।’ ओलीले धर्तीमै पहिलोपटक परमादेशबाट सरकार बनेको भन्दै दसैँले यस्ता काम नगर्न सबैलाई सुमति दिने कामना गरे । आफ्नो भाषणको सुरूआतमा उनले आज दसैँको शुभकामनामात्रै दिने र कसैलाई कटाक्ष नगर्ने बताएका थिए ।

प्रतिक्रिया