काठमाडौ । कुमारी बैंकले दशैंको उपलक्ष्यमा ‘डिजिटल दक्षिणा’ अभियान ल्याएको छ । कोरोना माहामारीले निम्त्याएको आफन्तजन बीचको बाध्यात्मक दूरीलाई माया र आशीर्वादको डिजिटल आदानप्रदान मार्फत कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले सो योजना ल्याईएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बताएका हुन ।
सोही सन्दर्भमा चाडपर्वकै अवसरमा नयाँ नोटको आगमन मात्र नभई चाडपर्वमा टिका, रंग तथा अन्य कारणले नोट बिग्रन सक्ने सम्भावना पनि डिजिटल दक्षिणाले कम गर्ने बैंकका डिजिटल बैंकिंग प्रमुख अनिष ताम्राकारले बताएका छन । यस अभियान अन्तर्गत दशैंमा पाँच दिन, तिहारमा ३ दिन तथा छठ पर्वको दिन डिजिटल दक्षिणा मार्फत गरिएको अन्तर बैंक रकमान्तरमा लाग्ने सेवा शुल्क, क्यास्ब्याक मार्फत ग्राहकलाई फिर्ता गर्ने सुविधा बैंकले प्रदान गर्ने पनि बिज्ञप्तिमा उल्लेख छ ।
कोभिड–१९ को विषम परिस्थितिमा सबै स्वास्थ्य र सावधानीका उपायको पालना गर्दै सुरक्षित किसिमले दशैं मनाउनु नै आजको अवाश्यकता ठानी आफ्ना ग्राहकवर्गलाई कुमारी बैंकले उक्त सुविधा प्रदान गर्ने निर्णय गरेको जनाएको छ । स्थापनाकालदेखि नै बैंकिंग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको बैंकको हाल मुलुकभर १ सय ९६ शाखा सञ्जाल, १ सय ७२ एटिएम, ३२ शाखा रहित बैंकिग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिग सुविधा प्रदान गर्दै आइरहेको पनि बैकले जनाएको छ ।
प्रतिक्रिया