थपिए एक हजार ६६ जना संक्रमित, १३ को मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा आज देशभर एक हजार ६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ भने ९३८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आज थपिएकासँगै देशभर कुल संक्रमितको संख्या ७ लाख ९५ हजार ९५९ पुगेको छ ।

योसँगै मृत्‍यु हुनेको संख्या ११ हजार १ सय ४८ पुगेको छ र ७ लाख ६६ हजार ६९६ जना संक्रमणमुक्त भएको मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११५ जना रहेका छन् ।

तीमध्ये १६ हजार ८८१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३५४ जना आईसीयू र ११६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २४२ जना क्वारेन्टीमा रहेको बताइएको छ ।

प्रतिक्रिया