पाल्पामा एक व्यक्ति मृत भेटिए

काठमाडौं । पाल्पा जिल्लाको रामपुर नगरपालिका–६ तिलकपुरका ४५ वर्षीय खगबहादुर कुमाल मृत भेटिएका छन् । उनी चिप्लेढुंगास्थित आफ्नै खेतमा पानी लगाउने कुलोको बाँधमा आज बिहान ६ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कुमाल बिहीबार राति १० बजे खाना खाएर घरबाट निस्किएको पविारले जनाएका छन् । उनले मादक पदार्थ समेत सेवन गरेको बताइएको छ ।

मृतक कुमालका छोरा १७ वर्षीय सुजन बिहान ५ बजे खेतमा पानी लगाउन जाने क्रममा मृत अवस्थामा बुवालाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर आएलगत्तै इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी टोली पुगेको थियो । शवको पोष्टमार्टम गरी आफन्तले बुझेको छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया