विराटनगर । मानसिक रोगका कारण स्वाथ्यमा आउने चुनौती र त्यसको निदान र उपचार सेवालाई थप प्रभावकारी वनाउन विराटनगरमा मनोचिकित्सकहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ । आयोजक समितिले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै उच्चतम आधुनिक तथा वैज्ञानिक ज्ञान र सीप आर्जनगरी मानसिक रोगीलाई छिटो छरितो रूपमा सेवा पु¥याउन सम्मेलनको उद्देश्य रहेको जनाएको छ । ११ कात्तिकदेखि तीन दिनसम्म विराट मेडिकल कलेजको परिसरमा सञ्चालन हुने उक्त सम्मेलनमा नेपालसहित १८ देशका तीन सय मोनोचिकित्सकहरूको सहभागिता रहनेछ ।
सम्मेलनमा सहभागी चिकित्सकहरूबिच मानसिक स्वास्थ्यमा बहुपक्षीय साझेदारी तथा मानसिक स्वास्थ्यमा देखिने चुनौती र अवसरका विषयमा छलफल हुने सम्मेलन आयोजक समितिका संयोजक प्राडा नवराज कोइरालाले बताए । उनका अनुसार सम्मेलनमा ३२ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।
त्यसबाहेक मानसिक स्वाथ्यमा पत्रकारिताका विषयमा पत्रकारसँग तथा मानसिक स्वास्थ्यका विषयमा बनाइने नीति निर्माणमा कानुन विज्ञसँग सम्मेलनमा छलफल हुनेछ । सम्मेलनबाट आएका सुझावलाई बँुदागत रूपमा सरकारसमक्ष प्रस्तुत गरिने जनाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रतिवेदनअनुसार विश्वको हरेक सय व्यक्तिमध्ये १५ देखि २० जनामा मानसिक रोगको असर देखिने गरेको छ । रोगको प्रभाव यति धेरै संख्यामा हँुदा पनि यो रोगको उपचार तथा निदानका लागि नेपालमा कुनै ठोस नीति तथा कार्यक्रम नभएको बताइएको छ । विराटनगर अस्पताल तथा विराट मेडिकल कलेजका निर्देशक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले सम्मेलनलाई सफल बनाउन आग्रह गरे ।
प्रतिक्रिया