पर्सा । नेपाल प्रहरीले पर्साको सिमावर्ती जगरनाथपुर गाउँपालिका २ जानकिटोल बाट आज बिहान मोटरसाइकलमा लोड रहेको भारी मात्रामा भारतीय कुखुराको चल्ला बरामद गरिको छ । भारतबाट कुखुरा चल्ला तस्करले मोटरसाइकलमा भारतीय कुखुराको चल्ला लोड गरि नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय जानकिटोलाबाट खटीएको टोलिले बरामद गरेको हो । समे क्रममा ३ वटा मोटरसाइकल सहित ५१ कार्टुन कुखुराको चल्ला बरामद गरएिको प्रहरीले जनाएको छ ।
प्रहरीले भारतीय नम्बर गाडी बिआर २२ एम २२५१, बिआर २२ एफ ८६९५, र एउटा नम्बर नखुलेको प्लास्टिना मोटरसाइकल बरामद नियन्त्रणमा लिएको छ । प्रहरीको गस्ती देखेर चल्ला तस्कर मोटरसाइकल छोडेर भाग्न सफल भएको बताइएको छ । सो ठाउँबाट प्रहरीले मोटरसाइकलसहित ५१ कार्टुन भारतीय कुखराको चल्ला बरामद गरेको छ । प्रहरीका अनुसार एक कार्टुनमा करिब ८० वटा कुखुराको चल्ला रहेको छ। बरामद गरिएको मोटरसाइकल र कुखराको चल्ला ईलाका प्रहरी कार्यालय जान्कीटोलामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रब्क्ता आमप्रकाश खनालले जनाएका छन् ।
प्रतिक्रिया