सल्यान । देशभित्रै रोजगारीका अवसरहरू छैन भन्दै बिदेसिने युवाहरूका लागि बनगाड कुपिण्डे–१ का प्रमेश केसी उदाहरण बनेका छन् । व्यावसायिक रूपमा भैँसीपालन गर्दै आएका केसीले मासिक एक लाख बढी आम्दानी गर्दै आएका छन् । पैसा कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने मान्यतालाई गलत सावित गर्दै केसीले मासिक १ लाख २६ हजार बढी आम्दानी गर्न थालेका छन् । दूध तथा दुग्धजन्य उत्पादनहरू बिक्री गर्दैैै आएका केसीले भैँसी फर्म दर्ता गरेर सञ्चालन गरेर स्वरोजगार बनेका हुन् । केसीले आठ वटा दुहुनो भँैसी पालेर दैनिक ७० लिटर दूध बिक्री गर्दै आएको जानकारी दिए । ‘जिल्ला र जिल्ला बाहिर दूधको माग एकदम बढी छ यसलाई पूर्ति गर्न नसकेको अवस्थामा यसबाट आम्दानी गर्न सकिने भएपछि मैले व्यावसायिक भँैसीपालन सुरु गरेको हुँ’, केसीले भने ।
बजारमा दूधको माग धेरै भएकोले दूध बिक्री गर्न समस्या नरहेको उनको भनाइ छ । ‘अहिले मैले बजारमा दैनिक ७० लिटर दूध बिक्री गर्दै आएको छु । यसबाट मेरो मासिक १ लाख ३६ हजार जति आम्दानी हुँदै आएको छ’, केसीले भने । दूधबाट राम्रो आम्दानी हुन थालेपछि आपूmले भँैसीको संख्या बढाउने तयारी गरेको उनले जानकारी दिए । ‘अहिले मैले मेरो फर्ममा दुई जनालाई रोजागारी पनि दिएको छु । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने कहाँ छ र गरेपछि यहीँ नि विदेशमा हुने कमाइ गर्न सकिन्छ’, केसीले भने । गाउँघरमा नै स्थानीय स्रोत साधनको प्रयोग गरेर पनि राम्रो आम्दानी गर्न सकिने कुरामा आफू विस्वस्त रहेको बताए ।
स्थानीय स्तरमा व्यावसायिक पशुपालनका लागि उपयुक्त बातावरण भएको र दुग्धजन्य वस्तुहरूको माग धेरै भएकोले आपूmले यो व्यवसाय रोजेको व्यवसायी केसीले जानकारी दिए । ‘विदेशको रहर त मलाई पनि थियो तर आफनै घरमा कुनै व्यवसाय गरे भने त्यो पैसा यही पनि कमाउन सकिन्छ भन्ने सोचेर व्यवसाय सुरु गरेको हँु’, केसीले भने । भँैसीपालन व्यवसायसँगै उनले कुखुरापालन पनि गरेका छन् । स्थानीय र ब्रोइलर जातका कुखुरा पालेर उनले वार्षिक आठ लाखभन्दा बढी आम्दानीसमेत गर्दै आएका छन् । जिल्लामा पछिल्लो समय भने परम्परागत रूपमा पशुपालन गर्दैै आइरहेका कृषकहरू अहिले भने व्यावसायिक रूपमा पशुपालन गर्न थालेका छन् ।
सल्यानमा उत्पादन भएको दूध जिल्लाभित्र तथा हाल दुग्ध विकास संस्थानको पहलमा साप्ताहिक रूपमा पाँच हजार लिटरभन्दा बढी दूध सुर्खेत निर्यात हँुदै आएको छ । सल्यानमा दर्मा गाउँपालिका, कुमाख गाउँपालिका र वागचौर नगरपालिकामा बढी दूध उत्पादन हँुदै आएको छ ।
प्रतिक्रिया