थपिए एक हजार १५७ जना संक्रमित, आठको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा आज देशभर एक हजार १५७ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी एक हजार १५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३३५ जना संक्रमित भेटिएका छन् । जसमध्ये भक्तपुरमा २८, ललितपुरमा ४२ र काठमाडौं जिल्लामा २६५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार ११३ रहेको छ र मृत्यु हुनेको संख्या ८ रहेको मन्त्रालयले उल्लेख गरेको छ । हाल कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ ।

जसमध्ये एक हजार ३१५ जना संस्थागत आइसोलेनमा छन् । जसमा ३५४ जना आईसीयूमा र ९९ जना भेन्टिलेटरमा छन् भने १६ हजार ८७८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया