‘लागु औषध मुद्दामा फरार कसुरदार पक्राउ’

काठमाडौं । जिल्ला अदालत बर्दियाले ९ महिना १३ दिन कैद सजाय तोकिएका फरार कसुरदार पक्राउ परेका छन । लागु औषध ब्राउन सुगर मुद्दामा ९ महिना १३ दिन कैद सजाय तोकिएका फरार कसुरदार सुरेन्द्रकुमार थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

गुलरिया नगरपालिका १० बस्ने सुरेन्द्रकुमार थारुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत बर्दियामा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया