बजार व्यवस्थापन नहुँदा अस्वस्थ्यकर माछा–मासु खान बाध्य

पर्सा । जिल्लाको ग्रामिण क्षेत्रका बजारहरु व्यवस्थित हुन नसक्दा नागरिकहरु फोहर र अस्वस्थ्यकर माछा मासु खान बाध्य भएका हुन् । बजारमा पशुचौपाया, कुखुराको मासु तथा माछा बिक्री बितरण गर्ने स्थानहरु व्यवस्थित नहुँदा यो समस्या आएको हो । खुल्ला अकाशमुनि सरसफाइ तथा न्युनतम मापदण्ड समेत पालना नगरेको पसलहरुले गर्दा ग्रामीण भेगका उपभोक्ताहरु अस्वास्थ्यकर मासु खान बाध्य भएका छन् । खुल्ला रुपमा बेचिने मासु पसलहरुमा झिंगा भन्केको र धुलो परेको मासु माछा बिक्री हुने गरेको ठाउँमा नै पसल राखेर मासु काटीने गरेकाले समस्या थपिएको हो ।

स्थानीय निकाय र प्रहरीले यसमा खासै वास्ता गरेको छैन । मासु पसल बनाउदा मार्वल लगाएको पक्की हुनुपर्ने, पसलमा प्रयोगहुने भाडाकुडा, पानी, मासु काट्ने औजारहरु सफा हुनुपर्ने र फ्रिज हुनुपर्ने जस्ता आधारभुत भौतिक साधन विनानै मासु पसल सञ्चालनमा छन । न्युनतम मापदण्ड समेत नअपनाएकोले स्वास्थ्य प्रति चिन्ता बढेको धोबिनी गाउपालिका वडा न ४ लंगडीका बालकुमार सहनीले बताए ।

उचित व्यवस्थापन र सम्बन्धित निकायको ढिलासुस्तीका कारण व्यापारीले समेत मापदण्ड पुरा नगरेको उपभोक्ता हित संरक्षणका अधिकारीहरु बताउछन । ग्रामिण क्षेत्र जानकिटोला, भिस्वा, लंगडी, पोखरिया, महुवन, सेढ्वा, महादेवपट्टी, सुबर्णपुर, बिजयबस्ती, ठोरी, लगाएतका हाँट बजारमा समेत फोहर स्थानमा मासु माछा बिक्री गर्ने गरेको पाईन्छ । मासु माछा ब्यवस्थापनको लागि जिल्ला पशु कार्यालय बिरगंज र स्थानीय तहहरुमा रकमको चलखेल भएपनि बजार व्यवस्थापन हुन नसकेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया