कांग्रेसको दुल्लु नगर सभापतिमा लालबहादुर रावत सर्वसम्मत

दैलेख । नेपाली कांग्रेसको १४ औ महाधिवेशन देश भरनै चलिरहेको छ । भदौ १८ गते वडा तहको अधिवेशन गरेको दैलेख कांग्रेसले शनिबार वाट पालिका सभापति छनोट गर्दै छ । दैलेखका पालिकाकामा पालिकामा हिजोसम्म कतै सहमति भएको थिएँ । शनिवार ५ वटा पालिकामा चुनाव भएपछि आइतबार विहाना मात्र चुनावी परिणाम हेर्दा देउवा पक्ष बलियो देखियो । आइतबार भने दुल्लु नगरपालिका सभापतिमा लालबहादुर रावत सर्बसहमतिमै सभापति बनेका छन् । दुल्लु नगरपालिकाका मेयर रहेका घनश्याम भण्डारी जिल्ला सभापतिको आकाङ्क्षी रहेकाले दुल्लुलाई मिलाएर लैजानुपर्छ भन्ने हेतुले दुल्लुमा सर्व सहमति गरिएको काँग्रेस निकट नेताले बताएका छन् ।

शनिवार भएको सबै पालिकाको मत परिणाम आइसकेको छ । नेपाली काँग्रेसमा पनि गुट उपगुट कायम नै रहेको कारणले प्राय पालिकामा चुनाव भएको एक स्थानीयले भनेका छन् । दुल्लुमा भने गुट उपगुटलाई मिलाउँदै सभापतिमा लालबहादुर रावतलाई सर्बसहमतिमा सभापति घोषण गरिएको छ । यता नारायण नगरपालिकामा मत परिणाम सोचेको भन्दा फरक आएको छ । चुनाव पहिले सम्म पौडेल पक्षको पकटका रूपमा लिएको नगरमा देउवा पक्ष बलियो देखिएको छ ।

सर्व सहमतिमा सभापति बनेका लालबहादुरको राजनीतिक यात्रा 
दुल्लु नगरपालिका ७ मा २०३२ वैशाख ३१ गते जन्मेका रावत २०४९ सालबाट राजनीतिमा होमिएका थिए । २०४९ शालमा नेपाल विद्यार्थी सङ्घको सदस्य भएका उनी २०५५ शाल नेबिसंघ बिउमाबि ईकाईको सभापति बने २०५६ नेपाल तरुण दल गाउँकार्य समिति पादुकाको सभापति सम्मते बनेका रावत दन्द्ध कालमा तत्कालीन माओबादिबाट अपहरण सहित ज्यान मार्ने दम्की आएका कारण २०५७ देखि २०६१ सम्म भारतको बम्बईमा प्रवास जीवन जीवन बाध्य भएका थिए ।

२०६१ को दुल्लु विद्रोहको आन्दोलन सक्रियता देखाउँदै २०६१ देखि २०६३ सम्म नेपाल शिक्षक सङ्घको साधारण सदस्य सम्मते बनेर राजनीति गरिरहे २०६२/०६३ को आन्दोलनमा सक्रिय भूमिका खेलेका उनको राजनीतिमा चासो रहिरहेको थियो । २०७३ को १३ औँ महाधिवेशनमा वडा नं ७ को वडा सभापति सर्वसम्मत रूपमा चयन हुदै राजनीतिलाई झनै बलियो बनाएका थिए । सबै सँग मिलनसार रूपमा प्रस्तुत हुने स्वभाव भएका रावत २०७४ मा भएको स्थानीय तहको चुनमामा वडा नं. ७ बाट अत्यधिक बहुमतसाथ वडाध्यक्ष भएका थिए ।

प्रतिक्रिया